१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला


338
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिनुभएको छ ।

फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शुक्रबार राति सुतेकै ठाउँमा मृत भेटिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटेका हुन् ।

सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मधुमेह र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ ।

साेही घटनाको थप अनुसन्धानकाे लागि प्रहरी घटनास्थल पुगिसकेको छ ।