
काठमाडौं । बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
लु १ क ५२७६ नम्बरको टिपरले शुक्रबार साँझ बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमा नगरपालिकाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलकाे मृत्यु भएकाे प्रहरीले बताएकाे हाे ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते हुनुभएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगियाका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक समेत भएकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्