
ओखलढुंगा । ओखलढुंगामा शनिबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो । बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत साना बाम दलहरुले आम निर्वाचन बहिष्कार गरेका छन् । निर्वाचनको मुखैमा शंकास्पद वस्तु फेला परेसँगै ओखलढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्