१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँको दमौलीबाट रामचन्द्र पौडेलले गरे मतदान


39
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएकाे छ ।

उहाँले पहिलो भोट खसालेपछि मतदान कार्य सुरु भएको हो । उहाँले सबै भन्दा पहिला आइतबार बिहान ७ बजे व्यास नगरपालिका-२ स्थित सत्यवती माविको (ख) केन्द्रबाट मतदान गर्नुभएकाे हाे ।

सबै भन्दा पहिला मतदान गरिसकेपछि उहाँले भने यो शुभ लक्षण हो भनेर प्रतिक्रिया दिनुभएकाे छ । आम नागरिकले निष्पक्ष र भयरहित निर्वाचन भएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न उहाँले आग्रह समेत गर्नुभएकाे छ ।