
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि मतदान केन्द्रमा एक जना मतदाताको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको छ ।
रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिनुभयो । मृत्युको कारण बारे खुल्न सकेको छैन् ।
आइतबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि निर्वाचन भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्