
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गर्नुभएको छ ।
उहाँले आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रहगर्नुभयो ।
उहाँले देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताउनुभयो । उहाँले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गर्नुभयो ।
अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह समेत गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्