
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज आइतबार मतदान गर्नुभएको छ ।
उहाँले गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल-८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दावी गर्नुभयो । उहाँले मतदाताहरुमा यस वर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताउनुभयो।
उहाँले निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने बताउनुभयो । यो निर्वाचनमा एमाले विजय हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्