२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गुल्मीमा भगवती माध्यमिक विद्यालय केन्द्रको मतदान रोकियो


923
Shares

गुल्मी । गुल्मीको क्षेत्र नं १ कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा अहिले मतदान प्रकृया रोकिएको छ।

निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।

त्यस्ता मत पत्र ५५ वटा रहेको बताईएको छ । निर्वाचन प्रक्रिया कसरी सुचारु गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरू बीच छलफल भैरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।

२ लाख २३ हजार छ सय १५ मतदाता रहेको गुल्मीमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारि दिनुभएको छ ।