२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्युजिल्याण्डमाथि भारतको जित


1.014k
Shares

एजेन्सी । पाहुना टोली भारतले दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली न्युजिल्याण्डलाई पराजित गरेको छ ।

माउन्ट माउन्गानुइमा आज भएको खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले हराएको हो ।

यो जितसँगै भारतले तीन खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको पहिलो टी–ट्वान्टी वर्षाको कारण रद्द भएको थियो । भारतले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय इनिङ खेले । भारतका दीपक होडाले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित रहदै १ सय ११ रनको शतकीय इनिङ खेले ।

न्युजिल्याण्डका टिम साउथीले ३ तथा लक्की फर्गुसनले २ विकेट लिए ।