२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तेह्रथुममा ५८ प्रतिशत मत खस्यो


494
Shares

तेह्रथुम । तेह्रथुममा ५८ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमको अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार ४१ हजार ९ सय ५६ मत खसेको जनाएको छ । जसमध्ये २० हजार ४ सय ७९ जनापुरुष र २१ हजार ४ सय ७७ जना महिलाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद हुमागाईले जानकारी दिनुभयो ।

तेह्रथुममा प्रतिनिधि सभातर्फ एक स्वतन्त्रसहित १० जना उम्मेदवा रहेका छन् ।

त्यस्तै, प्रदेशसभा (क) मा एक स्वतन्त्र सहित ९ जना र प्रदेशसभा (ख) मा एक स्वतन्त्र सहित७जनाउम्मेदवार रहेका छन् ।

५६ मतदान स्थल रहेको जिल्लाको ९३ मतदान केन्द्र र १ अस्थाइ केन्द्रहरुमा शान्तिपूर्व मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार जिल्लाको ४३ वटै वडाका मतपेटिका संकलन कार्य भईरहेका छन् ।

तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता रहेका छन् । जसमध्ये महिला ३५ हजार १ सय ३९ र पुरुष ३६ हजार ७ सय ९४ जना छन् ।