
परासी । पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खसेको छ ।
यो स्थानीय तह निर्वाचनमा खसेको मतभन्दा ५.७६ प्रतिशत कम हो ।
स्थानीय तह निर्वाचनमा ७७.७६ प्रतिशत मत खसेको थियो ।
दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता छन् । आइतबार भएको निर्वाचनमा कुल १ लाख ७२ हजार ३८४ मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।
जिल्लामा १ सय २० मतदान स्थल र १अस्थायीसहित २ सय ८८ मतदान केन्द्र तोकिएको थियो । मत पेटीका राति ९ बजेभित्र सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
क्षेत्र नं १ को बर्दघाट नगरपालिका र क्षेत्र नं २ को रामग्राम नगरपालिकामा मतगणना गरिने छ । प्रकृया पूरा गरेपछि राति अबेरबाट मतगणना हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कनर्यालयले जनाएको छ ।
तीन दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा तर्फको मत गणना सकिने गरि तयारी गरिएको सहायक मुख्य निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्