२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सिन्धुलीमा ५२ प्रतिशत मतदान


156
Shares

सिन्धुली । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा सिन्धुलीमा ५२ प्रतिशत मत खसेको छ ।

जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साझ ५ बजेसम्म भएको निर्वाचनको मतदान कार्यमा ५२ प्रतिशत मतदाताले मतदान गरेको प्रारंभिक नजिजाले देखाएको छ ।

सिन्धुली जिल्लाका मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमले सिन्ध्ुलीको दुईवटै निर्वाचन क्षेत्र मिलाएर ५२ प्रतिशतसम्म मतदान भएको जानकारी दिनुभयो ।

सिन्धुली जिल्लामा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भएको गौतमले बताउनुभयो । उहाँले अहिलेसम्म २० वटा मतदान केन्दका मतपेटिका आइसकेको र आज रातिसम्म जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइसकने जानकारी दिनुभयो ।

सिन्धुली जिल्लाको २ सय ६७ मतदान केन्द्रका सबै मतपेटिक संकलन भएपछि सोमबार बिहानबाट मत गणना हुने सिन्धुली जिल्लाका प्रमुख जिल्ला धिकारी रमेश न्यौपानेले बताउनुभयो ।