२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल : सरकार


247
Shares

काठमाडौं । सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएको छ ।

आइतबार निर्वाचनपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताउनुभएको हो ।

उहाँले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनी अनुसार कुनैपनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रुपमा सफल भएको बताउनुभयो । उहाँले सुरक्षा निकायको तदारुकता र कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताउनुभयो ।

गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा निर्वाचन स्थगित भएको बताउनुभयो । निर्वाचन ८० स्थानमा अवरुद्ध भएपनि समन्वयबाट १५ वटा मतदान स्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको बताउनुभयो । उहाँले बाँकी १५ वटा मतदान स्थलमा भने पूर्ण रुपमा मतदान हुन नसकेको बताउनु भयो । उहाँले कतिपय स्थानमा ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको बताउनुभयो ।

गृहसचिव सिंहले मतदानमा रहेका प्रतिनिधिरुबीचको विवादले पनि केही स्थानमा अवरोध सिर्जना भएको पाइएको बताउनुभयो । उहाँले थानीय र केही उश्रृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँको मतदान रोकिएको बताउनुभयो । ती ठाउँमा दुई दिन भित्रमा पुनः मतदान हसने बताउनुभयो ।

बाजुराको बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिकाको मतदान केन्द्र, त्रिवेणी नगरपालिका ७, नाट्यश्वेरीको सुर्खेतको एउटा मतदान केन्द्र, गुुल्मी र नवलपुर सुस्तापूर्वको दीपचुलीको समानुपातिक तर्फको मतदान गरेको सम्बन्धमा विवाद भएर स्थगित भएको बताउनुभयो ।