
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने दाबी गर्नुभएको छ ।
आइतबार मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताउनुभयो ।
‘देशभरको रिपोर्टिङले उत्साहित छु’, उहाँले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ।’ उहाँले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रुपमा आउने बताउनुभयो ।
‘हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको, उहाँले भन्नुभयो । पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको लामिछानेले बताउनुभयो । ‘एकछिन मतपत्र हेरेर बसेँ, उनले भने, ‘ठूलो जिम्मेवारी बोध महसुस भएको छ।’
देशैभरी देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उहाँले बताउनुभयो । बलियो र दरिलो अभियानका साथ आएको भन्दै लामिछानेले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताउनुभयो ।
लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको उल्लेख गर्नुभयो । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्