
बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ ।
पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको हाे।
पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे पनि जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्