७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : तीन जनाको मृत्यु, ९ जनाको अवस्था गम्भीर


507
Shares

बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ ।

पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जनाको अवस्था गम्भीर रहेकाे छ ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयाे ।

उहाँका अनुसार घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जीप दुर्घटना भएको उहाँले बताउनु भयाे ।