
ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– २ को मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार प्रेम बहमदुर महर्जनले अग्रता कायम गर्नुभएको छ ।
हालसम्म ८ हजार ५१२ मत गणना हुँदा एमालेका महर्जनले २ हजार ९८० मत प्राप्त गर्न भएको छ । त्यसैगरी हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई २ हजार ४९७ मत आएको छ । त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका कृष्ण लाल महर्जनले १ हजार ४७७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुबरराज थापालाई १ हजार ४२६ मत आएको छ ।
ललितपुरमा प्रतिनिधि सभा तर्फ ३ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभा तर्फ ६ वटा क्षेत्र रहेका छन् । प्रदेश तर्फको मतगणना भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्