२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुरामा अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षको हत्या


4.277k
Shares

कैलाली । बाजुरामा घरमा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ ।

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुर्य थापाले कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।