२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनुषा-३ मा एमालेकी जुलीको अग्रता


234
Shares

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेकाे छ ।

साेमबार बिहान ९ बजेको मत परिणाम अनुसार नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिनुभएकाे हाे । जनकपुरधाम उपमहागरपालिका-१५ को मतगणना पश्चात १३ सय ७१ मत गणना हुँदा महतले ६ सय ८ मत प्राप्त गर्दै अग्रता मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयाे।

त्यस्तै, गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिल कुमार झाले ३ सय १५ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै, जनमत पार्टीका शम्भुप्रसाद शाहले ३ सय २० मत प्राप्त गरेर दोस्रो स्थानमा रहनुभएकाे छ ।