९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मुख्य निर्वाचन अधिकृत बिरामी, कैलाली – ५ को मतगणना अनिश्चित


325
Shares

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर– ५ को मतगणना अनिश्चित बनेको छ ।

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको हो ।निर्वाचनको बढ्दो दौडधुपका कारण उहाँ बिरामी परेको बताइएको छ । अर्याललाई उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । यसअघि सोमबार दिउँसो १ बजेदेखि मतगणनाा गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो । तर, बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा चलेको बैठक नै स्थगित भएको थियो।

त्यसपछि मुख्य निर्वाचन अधिकृत अर्यालको प्रेसर बढेको र अहिले उहाँ आफ्नो आवासमा आराम गरिरहनु भएको छ । कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।