
कपिलवस्तु । प्रतिनिधि सभा तर्फ कपिलवस्तु क्षेत्र नम्बर– ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप साहले मतगणनामा शुरुवाती अग्रता लिनु भएको छ ।
२ हजार १९३ मत गणना हुँदा काँग्रेस उम्मेदवार साहले ७९९ मत ल्याउनु भएको छ । त्यस्तै नेकपा एमालेका मंगल प्रसाद गुप्ताले ३६५ मत ल्याएर साहलाई पछ्याउनु भएको छ । जनता प्रगतिशिल पार्टीका इश्वर दयाल मिश्रले ३४३,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकास रजौरियाले ४१६ र जनमत पार्टीका नरसिंह चौधरीले ७४ मत ल्याउनु भएको छ ।
कपिलवस्तुमा आइतवार सम्मपन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना आज शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्