
झापा । झापाका ४ वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ ।
झापा क्षेत्र नम्बर १ मा भने अझैं मत गणना सुरु हुन सकेको छैन । मतपत्र सटिङको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न सटिङको काम भइरहेको बताइएको छ ।
प्रतिनिधि सभा तर्फ प्रत्यक्षको २ ठाउँ र प्रदेशसभा प्रत्यक्षको २ ठाउँमा गणना भइरहेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो ।
झापा १ मा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा छ ।
प्रारम्भिक नतिजा अनुसार झापा २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल(स्वागत), झापा ३ मा रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, झापा ४ मा स्वतन्त्र पार्टीका सम्भू ढकाल ‘सुस्केरा’ले अग्रता लिनुभएको छ ।
यता, झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार ‘स्वागत’ नेपालले अग्रता लिनुभएको छ । नेपालले गठबन्धनका उम्मेदवार हरिकुमार राना र नेकपा (एमाले) का देवराज घिमिरलाई पछि पार्नुभएको छ ।
झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लानुभएको छ । दुई हजार मत गनिसक्दा लिङ्देनले एक हजार ३ मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७८४ मत ल्याउनुभयो । दुवैबीचको मतान्तर २१९ हो ।
अहिले कचनकवल वडा नम्बर २, ३ र ४ तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदै छ ।
झापा क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भू ढकालले दोब्बर अग्रता बनाउनु भएको छ । तीन सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले १४३ मत ल्यानुभयो ।
त्यस्तै, एमालेका उम्मेद्वार एलपी साँवाले ८४ र नेपाली कांग्रेसका देउकुमार थेबेले ४६ मत ल्याउनुभएको छ ।
यता झापा ५ मा मतगणना प्रारम्भ भएको छ । मद्यान्न १२ बजेदेखि मतगणनाका लागि मतपत्र मिलाउने कामको प्रारम्भ गरिएको क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्