२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतमा कांग्रेसको अग्रता


0
Shares

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना जारी छ ।

भर्खरै सार्वजनिक भएको ८ सय मत गणनाको मतपरिणाममा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशीको अग्रता देखिएको छ ।

जोशीले ३ सय ५८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पदम गिरीले ३ सय ४२ मत प्राप्त गर्नुभएको छ भने उहाँहरुबीच १६ मतको अन्तर रहेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पाईजाले ९९ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवा ४ बजेबाट मतगणना सुरु भएको हो ।

जिल्लामा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार २ सय ७३ मत खसेका छन् ।

मतगणना कार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली तर्फको जलजला गाउँपालिका भोटेडाँडा केन्द्र र पैञ्यु गाउँपालिकाको टकलाक क केन्द्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुंगानाले जानकारी दिनुभयो ।