
ओखलढुंगा । ओखलढुंगामा प्रदेशतर्फको मतगणना सुरु भएको छ ।
प्रदेशका दुवै निर्वाचन क्षेत्रको मतगणना सोमबार साँझबाट सुरु भएको हो ।
प्रदेशको मतगणना सुरु भए पनि साढे ७ बजेसम्म प्रतिनिधिसभातर्फको भने मतगणना भएको छैन् ।
एउटा प्रतिनिधि सभा क्षेत्र रहेको ओखलढुंगामा मतदानका क्रममा मतदत्र अदलबदल हुँदा मतगणना सुरु हुन नसकेको हो ।
जिल्लाको लिखु गाउँपालिका ८ को वडा कार्यालय मतदान केन्द्रको ६४ थान र मोलुङ गाउँपालिकाको जलजलेश्वर गुरुकुल मावि मतदान केन्द्रको १२ थान प्रदेश मतपत्र प्रतिनिधि सभाको मतपेटिकामा खसेको थियो ।
उक्त मत सदर हुने वा बदर हुने विषयमा विवाद हुँदा अहिलेसम्म मतगणना अन्योलमा परेको हो । प्रतिनिधि सभामा पनि मतगणनाका लागि विवाद सुल्झाउने कोशिस भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्