
म्याग्दी । आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा जारी रहेको छ ।
म्याग्दीमा सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना मंगलबार बिहान ७ः१५ बजेसम्म धाैलागिरी गाउँपालिकाको सम्पन्न गरेर मालिका गाउँपालिकाका ३ वटा वडाको पनि गणना गरिसकिएको हाे । मंगलबार बिहानसम्म मत परिणाम अन्तर्गत प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले ३ सय ४० मतले अग्रता कायमै राख्नुभएकाे छ।
कांग्रेसका गर्बुजाले ४ हजार २ सय २८ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ३ हजार ८ सय ८८ मत प्राप्त गरेर गर्बुजालाई पछ्याइरहनु भएका छन् ।
त्यसैगरी प्रदेश सभा-२ को पनि मतगणना जारी रहेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादीका रेशम जुग्जाली (सुविन) ले ४ हजार ६ र र नेकपा एमालेका यामबहादुर गर्बुजाले ४ हजार ५५ मत प्राप्त गर्नुभएकाे छ । माओवादीका उम्मेदवार जुग्जालीलाई ४९ मतलेपछि पार्दै एमालेका उम्मेदवार गर्बुजाले अग्रता कायम गर्नुभएकाे छ ।
जिल्लाभरी ८६ हजार १ सय २० मतदाता रहेकोमा ५० हजार ६ सय २५ मत खसेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट मतगणना सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्