१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा स्थगित भएकाे मतगणना पुनः सुरु


156
Shares

म्याग्दी । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन: सुरु भएकाे छ ।

मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मंगलबार बिहानबाट स्थगित भएको मतगणना अहिले फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको हाे ।

मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधि सभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको थियो ।

दलहरुकाबीच सहमति गरेर मतगणना थालिएको कार्यालयले जनाएको छ ।