
तस्विर फाइल
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ ।
आगलागीबाट लाखौंको क्षति भएको छ भने आगलागीमा परि तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया सुनिता हिताङ, उनका छोरीहरू ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छयमरोजिया हिताङ छन् ।
घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्