६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संखुवासभामा कांग्रेसको अग्रता


598
Shares

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

मंगलबार दिउँसोबाट सुरु भएको मतगणनामा कांग्रेसका दिपक खड्काले ३ सय ३५ र निकटतम प्रतिद्धन्दि एमालेका राजेन्द्र गौतमले ३ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाको उत्तरी हिमाली क्षेत्र भोटखोला गाउँपालीकाबाट मतगणना सुरु गरिएको हो । ७ सय ३ मत गणना गर्दा १९ मत बदर भएको छ । संखुवासभामा प्रतिनिधिसभा सदस्यका लागि २ स्वातन्त्रसहित १२ जना उम्मेदवार रहेका छन् ।

जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेकामा ६५ हजार ८ सय ९२ मत खसेको सहायक मुख्य निर्वाचन अधिकृत डा. ईन्द्रप्रसाद सापकोटाले बताउनुभयो ।