
फाइल तस्बिर
धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर – १ को जारी मतगणनामा पछिल्लो परिणाम अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।
क्षेत्र नम्बर–१ को प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले ८ हजार ४६४ मत ल्याएर अग्रता कायम गर्नु भएको छ । यसैगरी उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ८ हजार १०५ मत ल्याउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तलाई २ हजार ५२१ मत प्राप्त भएको छ ।
२० हजार १४ मत गणना हुँदा ६२४ मत बदर भएको छ । अन्य साना दलले जम्मा ३ सय मत पाएका छन् । यो क्षेत्रमा कहिले पाण्डे र कहिले त्रिपाठीले अग्रता लिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्