२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीमा संघमा एमाले, प्रदेशमा कांग्रेसकाे अग्रता


104
Shares

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।

बुधबार बिहानसम्म १७ हजार ४ सय १ मत गणना हुँदा भण्डारीले ८ हजार ९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभएकाे हाे । उहाँलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) ले ७ हजार २ सय ४३ मतका साथ पछ्याइरहनुभएको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा १९ हजार २ सय ६४ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ६ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ५ हजार १९ मत प्राप्त गर्नुभएको छ । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीरबहादुर विष्टले ४ हजार २ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा भने कांग्रेस अगाडि रहेकाे छ । १९ हजार ९५८ मतगणना हुँदा कांग्रेसका शिवराज भट्टले ९ हजार ५ सय ७६ मत ल्याउदा नेकपा एमालेका लिलाधर भट्टले ८ हजार ५ सय ६४ मत प्राप्त गर्नुभयो। प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो ।

यहाँ १ लाख ५० हजार १ सय ५६ मतदाता रहेकामा ७८ हजार ४ सय १६ मत मात्रै खसेकाे थियाे।