८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


ललितपुर–१ मा कांग्रेस नेता उदयशम्शेर विजयी


741
Shares

काठमाडौं । ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित हुनुभएको छ ।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणा नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गर्नु भएको छ भने एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. सचिन घिमिरेले ३ हजार २ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६ सय ४१ मत प्राप्त गर्नु भएको छ ।

कुल ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय २ मत बदर भएको छ ।

यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराउनु भएको थियो ।