
तेह्रथुम । आइतबार सम्पन्न भएकाे निर्वाचनमा तेह्रथुमको प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
बुधबार बिहानसम्म एमालेका उम्मेदवार विजय सुब्बाले ५ हजार ५ सय २३ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । सुब्बाले १ हजार २ सय २७ मतले अग्रता लिनुभएकाे छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरूङले ४ हजार २ सय ६८ मत प्राप्त गरेर पछ्याइरहनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्