
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहनवीर श्रेष्ठलाई एक हजार २ सय १२ मतान्तरले पछाडि पार्दै उहाँ विजयी हुनुभएको हो ।
सुरेशले ९ हजार ४ सय २४ मत प्राप्त गर्नुभएको हो । एमालेका मोहनवीरले ८ हजार २ सय १२ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाल मजदुर किसान पार्टीका मीन बाटाले ८ हजार २ सय १ मत पाउनुभयो ।
२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ प्रदेश सभा १ मा एमालेका हरिशरण लामिछाने विजयी हुनुभएको छ । लामिछानेको निधनपछिको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भंडेल विजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्