
विराटनगर । मोरङको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनभएको छ ।
मण्डलले एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४ सय ३८ मतान्तरले पराजित गर्नु भएको हो ।
मण्डल १४ हजार ८ सय ४३ मतसहित विजयी हुनु भएको हो । एमालेका साहले ९ हजार ४ सय ५ मत प्राप्त गर्नुभयो ।
क्षेत्र नम्बर ५ को १ मा जनमत पार्टीका उम्मेदवार अनिलकुमार झाले २ हजार ८ सय २७ मत पाउनु भयो भने राप्रपाकी उम्मेदवार सोनलकुमारी साहले १ हजार ९ सय २१ पाउनुभयो ।
क्षेत्र नम्बर ५ को १ मा ३५ हजार ३ सय ८ मतगणना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्