
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को मतगणना जारी रहँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले फराकिलो अग्रता बनाउनुभएको छ ।
नेकपा (एमाले) उम्मेदवार विनोद ढकालसँग उहाँले सात हजार भन्दा बढी मतको अग्रता बनाउनुभएको छ । पछिल्लो मत परिणाम अनुसार मोदीले १७ हजार २ सय १३ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार ढकालले ९ हजार ३ सय ४८ मत पाउनुभएको छ ।
यसैगरी, मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डा. शुनिल शर्माले फराकिलो अग्रता बनाउनुभएको छ । पछिल्लो मत परिणाम अनुसार शर्मा १० हजार ७ सय ९५ मत सहित अगाडि हुनुहुन्छ भने नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले शर्मालाई पछ्याइरहनु भएको छ ।
ढकालले ६ हजार ४ सय ८८ मत पाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्