८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मकवानपुर-१ मा डिना अघिअघि, कमल थापा पछिपछि


6.357k
Shares

हेटौंडा । प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५ सय ७८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिद्वन्दी राप्रपा नेपालका कमल थापाले ५ हजार १ सय १५ मत प्राप्त गर्नुभएको छ । १६ हजार ८ सय मत गणना हुँदा राप्रपाका दिपक बहादुर सिंहले २ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ को १८ हजार २ सय ९७ मतगणना हुँदा एमालेका महेश बर्तौलाले ७ हजार १ सय ७० मत प्राप्त गरि अग्रता लिइरहनु भएको छ भने पाँच दलिय गठबन्धन एकीकृत समाजवादीका बिरोध खतिवडाले ६ हजार ९ सय ४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले २ हजार ४ सय ७९ मत प्राप्त गर्नुभएको छ ।