१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन

'मतपेटिका र कर्मचारी अलपत्र'

182
Shares

काठमाडौं । हुम्लामा निर्वाचन भएको चार दिन बित्दा पनि मतपेटिका संकलन हुन सकेको छैन ।

प्रदेशसभा ख का मतपेटिकाहरू अझै सदरमुकाम आउन नसक्दा मत गणना पनि सुरु हुन सकेको छैन । सो क्षेत्रका ३४ केन्द्रका १ सय ३६ मतपेटिका सर्केगाड केन्द्रमा थन्क्याइएको छ ।

हेलिकप्टर उपलब्ध नहुँदा मतपेटिका सदरमुकाम सिमकोट लैजान नसकिएको महादेव माध्यमिक विद्यालय दार्मा मतदान केन्द्रका मतदान अधिकृत भीमबहादुर रोकायाले बताउनुभएको छ । मतदान अधिकृत, कर्मचारी, म्यादी प्रहरी, सुरक्षाकर्मीलाई समेत समस्या भएको र ४९ कर्मचारी र सुरक्षाकर्मी लिमिमै अलपत्र परेको रोकायाले बताउनुभएको छ ।

अत्यधिक चिसो रहेको लिमीमा खान बस्नको लागि समेत समस्या भएको कर्मचारीले गुनासो गरेका छन् ।

उच्च हिमाली भेग हुँदै फर्कनु पर्ने भएकाले पैदल फर्कने अवस्था नरहेको बताइएको छ ।