
सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।
दाहाल नेकपा एमालेका मजोजजंग थापालाई ६ हजार १६२ मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । दाहालले २७ हजार ५१७ मत ल्याएर विजय प्राप्त गर्दा दाहालका निकतम् प्रतिद्वन्दी एमालेका थापाले २१ हजार ६८७ मत प्राप्त गर्नु भएको छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा पहिलो खाता खोलेको छ ।
यस्तै सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशतर्फका दुबै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सिन्धुली क्षेत्र नम्बर २ को (क) बाट नेपाली काँग्रेसका छत्र बम्जन र २ (ख) बाट माओवादी केन्द्रका गंगा नारायण श्रेष्ठ विजयी हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्