२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापा २ (१) मा एमालेका कार्की र ३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित


325
Shares

झापा । झापा क्षेत्र नम्बर २ र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मतपरिणम सार्वजनिक भएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसका एक/एक जना उम्मेदवार प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

झापा क्षेत्र नम्बर ३ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशी निर्वाचित हुनुभएको छ ।

राजवंशीले २० हजार ७ सय ५६ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले एमाले)का उम्मेदवार बसन्त कुमार वानियालाई पछि पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । एमाले नेता वानियाले १९ हजार ७ सय १८ मत प्राप्त गर्नुभएको छ ।

यस अघि सोही निर्वाचन क्षेत्रबाट २०७४ सालमा राजवंशीलाई हराउँदै बानिया प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । तर, यस पटक राजवंशीले वानियलाई पराजित गर्नुभयो ।

यता, झापा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का उम्मेदवार एकराज कार्की निर्वाचित हुनुभएको छ । १८ हजार ७ सय ३१ मत प्राप्त गर्दै कार्की दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ यस अघि २०७४ साालमा भएको निर्वाचनमा समेत सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार पुष्प पोखरेललाई पारजित गर्नुभएको हो ।

पोखरेलले ६ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको नतिजा आधिकारीक रुपमा घोषण गर्न बाँकी छ ।