१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मन्त्री नै पराजयको डिलमा


4.888k
Shares

काठमाडौं । सरकारमा जसको प्रभुत्व छ, उसले चुनावी प्रक्रिया प्रभावित गर्ने गरेको आरोप लाग्ने गर्छ । २०४८ सालमा कृष्णप्रसाद भट्टराई सरकार प्रमुख हुँदा चुनाव हारेको अपवाद बाहेक अधिकांश प्रधानमन्त्री र मन्त्रीले चुनावमा बाजी मार्ने गरेका छन् । काम चलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा सातौं पटक एकै क्षेत्रबाट फरक मतान्तरले चुनिनुभएको छ । सरकारका एक मन्त्री पराजित हुनुभएको छ भने अर्का दुई मन्त्री पराजयको डिलमा हुनुहुन्छ ।

उर्जामन्त्री पम्फा भुसाल ललितपुर–३ मा प्रतिस्पर्धी डा. तोसिमा कार्कीभन्दा तेब्बर मतले तल हुनुहुन्छ । घोषणा भएसँगै उहाँले यसअघिको विरासत गुमाउने निश्चित छ । २०७४ सालमा काठमाडौं ८ बाट विजयी सँस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले सोही क्षेत्रबाट हात धुनु परेको छ । चितवन क्षेत्र नम्बर दुईबाट प्रत्यासी राज्यमन्त्री उमेश श्रेष्ठ तेस्रो प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनावी सरकारका बहुसंख्यक मन्त्रीहरु नै प्रतिनिधिसभा चुनावमा कमजोर अवस्थामा छन् । शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट आच्छु आच्छु अवस्थामा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराको अनुपातमा उहाँ कमजोर बन्दै जानुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा, शहरी विकासमन्त्री मेटमणि चौधरी र शिक्षामन्त्री देवेन्द्र पौडेल प्रतिस्पर्धीलाई फराकिलो मतान्तरमा राख्न सफल हुनुहुन्छ । परराष्ट्रमन्त्री नारायण खड्का झिनो मतले अघि पछि हुनुहुन्छ । भोजपुरमा ३ वटा चुनाव लगातार हारेपछि सुनसरीको क्षेत्र नम्बर ४ मा बसाईं सर्नुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मतगणनामा एमालेका जगदिश कुसियतसँग हजारमाथिले पछि पर्दै जानुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडू दार्चुलामा एमालेका गणेश ठगुन्नालाई पछ्याउन बाध्य हुनुभएको छ ।

एकीकृत समाजवादी पार्टीबाट टिकट पाएका श्रममन्त्री शेरबहादुर कुँवर अछामबाट जितेर सरकारका मन्त्रीको इज्जत धान्न सफल देखिनुभएको छ । उहाँले एमालेका झपटबहादुर बोहोरालाई हराउनुभएको हो । खानेपानीमन्त्री उमाकान्त चौधरी बारा–१ मा एमाले उम्मेदवारसँग प्रतिस्पर्धामा हुनुहुन्छ । पछ्याउने अवस्थामा रहनुभएका चौधरीलाई जित हात पार्न हम्मे हम्मे छ । खेलकुदमन्त्री महेश्वर गहतराजको अवस्था यो विवरण तयार गरिरहँदासम्म आशलाग्दो छैन ।