
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ ।
बुधबार काठमाडौमा भएको एक कार्यक्रममा घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजना सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको हो ।
घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताउनुभयो । उहाँले १५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा प्राधिकरणबाट करिव ५ अर्ब राजश्व संकलन हुने स्पष्ट गर्नुभयो । उहाँले सरकारलाई वार्षिक १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको जानकारी दिनुभयो । घिसिङले १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजना रहेकाल १० प्रतिशतले राजश्व बढेको बताउनुभयो ।
घिसिङले जलविद्युत आयोजनाको प्रवद्र्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताउनुभयो । ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता पुग्ने दावी गर्दै उहाँले चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्