
झापा । झापा क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाई निर्वाचित हुनुभएको छ ।
राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहनुभएकी बजगाई १३ हजार ६ सय १२ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामवीर लिम्बुलाई पराजित गर्नुभयो । माओवादी केन्द्रका लिम्बुले १२ हजार २ सय २४ मत प्राप्त गर्नुभएको छ ।
वजगाई नेकपा (एमाले)– राप्रपावीच भएको तालमेलबाट साझा उम्मेदवार हुनुहुन्थ्यो भने लिम्बु गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्