२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बु २ मा एमालेका राजभण्डारी विजयी


1.833k
Shares

सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा २ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।

राजभण्डारीले भारी भतान्तरका साथ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवबहादुर बस्नेत (राजेन्द्र)लाई पराजित गर्नुभएको हो ।

१९ हजार ४९५ मत खसेकोमा राजभण्डारीले १० हजार १२८ मत प्राप्त गर्दा उहाँका निकट्तम प्रतिद्वन्द्वी शिवबहादुर बस्नेतले ६ हजार ८१५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका निवर्तमान प्रदेस सांसद राजभण्डारी यसअघि प्रमुख सचेतक हुनुहुन्थ्यो ।

सम्पन्न मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार महेश रानामगरले १ हजार ९०, राप्रपाका प्रेमहरी दाहालले ३४८, मंगोल नेशनल अर्गनाईजेसनका शान्तिामाया मगरले ८१ मत र नेमकिपाका कमलबहादुर मगरले ९० मत ल्याउनुभएको छ ।