
फाइल तस्बिर
काठमाडाैं । अर्घखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी हुनुभएकाे छ ।
उहाँले कांग्रसकी पुष्पा भुषाललाई १ हजार ७ सय ५० मतले पछि पारेर विजयी हुनुभएकाे हाे । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो ।
रायमाझी यसअघि अर्घखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी हुनु भएकाे थियाे । विगतका ३ वटा निर्वाचनमा माओवादीको तर्फबाट विजयी भएकोमा अहिले उनी एमालेबाट विजयी हुनुभएकाे हाे । उनी पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भइसक्नु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्