१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित


364
Shares

पर्वत । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले विजयी हुनुभएको हो ।

उहाँले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ सय ९ मत पाउनुभएको छ । गिरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यस अघि २०७४ सालको निर्वाचनमा पनि जोशीसँगै १२ हजार ५ सय मतको अन्तरमा विजयी हुनुभएको थियो ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यको सिट रहेको पर्वतमा दुवै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा १ मा एमालेका भक्त कुँवर माओवादी केन्द्रका सुदिप कुँवरलाई पराजित गर्दै विजयी हुनुभएको छ भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गर्दै एमालेका मित्रलाल बस्याल विजयी हुनुभएको छ ।

पर्वतमा ६६ हजार २ सय २३ मत खसेको थियो ।