१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसका गुरूराज घिमिरे पराजित, एमालेका चौधरीलाई मतगणनास्थलमा पुगी दिए बधाई


1.625k
Shares

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर–४ (क) मा नेपाली कांग्रेसका उमेदवार गुरुराज घिमिरे पराजित हुनु भएको छ ।

नेकपा (एमाले) का जयप्रकाश चौधरीसँग घिमिरे पराजित हुनु भएको हो । घिमिरेले १५ हजार ६० मत प्राप्त गर्नुभयो भने चौधरीले १५ हजार ४ सय ६४ मत ल्याएर निर्वाचित हुनुभयो ।

चौधरीसँग ४ सय ४ मतान्तरले पराजित हुनु भएको घिमिरे मतगणनास्थलमा पुग्नु भई माला र खादा लगाइदिएर चौधरीलाई बधाई दिनु भएको छ ।

ग्रामथान गाउँपालिका वडा नम्बर ३ का चौधरी राजनीतिक रुपमा धेरै चिनिएका व्यक्ति होइनन् । तर, उहाँ सामाजिक रुपमा सक्रिय हुनुहुन्छ । सरस्वती माध्यमिक विद्यालयमा पढनु भएका उहाँ एमालेको राजनीतिमा हुनुहुन्छ ।