
फाइल तस्विर
तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ ।
५३ हजार २८ मतगणना हुँदा नेता पौडेलले २० हजार दुई सय ३० मत पाउनुभएको छ । नेकपा (एमाले) का एकबहादुर रानाले १६ हजार १७, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ५ हजार ४ सय ९० र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४ हजार ७ सय ७६ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६८ हजार १ सय ५८ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । अब १५ हजार १ सय ३० मत गन्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्