
सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –१ बाट नेपाली काँग्रेसका श्याम कुमार घिमिरे विजयी हुनु भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका घिमिरले नेकपा एमालेका प्रदिप कटुवाललाई हराएर विजयी हुनुभएको हो । घिमिरेले ३० हजार ३९१ मत ल्याएर विजय प्राप्त गर्दा उहाँका निकतम् प्रतिद्वन्दी एमालेका कटुवालले २५हजार ५४६ मत प्राप्त गर्नु भएको छ । योसँगै सिन्धुलीका प्रतिनिधि सभाका दुबै निर्वाचन क्षेत्रमा गठबन्धन विजयी भएको छ । क्षेत्र नम्बर –२ बाट यस अघिनै नेकपा माओवादी केन्द्रका राजन दाहाल विजयी भइसक्नु भएको छ ।
यस्तै प्रदेश सभा सदस्य तर्फ पनि सिन्धुलीका सबै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्