
सर्लाही । सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार रामप्रकाश चौधरी विजयस् हुनुभएको छ ।
चौधरीले २४ हजार ८३८ मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गर्नु भएको छ ।
उता सर्लाही क्षेत्र नम्बर –२ को मतगणनमा माओवादीका महेन्द्र राय यादवले ७ हजार ८०१ मत ल्याएर अग्रता लिइरहनु भएको छ । उहाँलाई पछ्याइरहनु भएका लोसपाका उम्मेदवार राजेन्द्र महतोले ७ हजार ५७५ मत ल्याउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्