
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाई जीवन आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
मोरङ–६ (१) बाट उम्मेदवार बन्नुभएका आचार्यले नेकपा (एमाले) की रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतको अन्तरले हराएर निर्वाचित हुनुभएको हो ।
न्यौपानेले १७ हजार ५ सय ७१ मत ल्याउनुभयो भने आचार्यले १९ हजार ४ सय ५४ मत प्राप्त गर्नुभयो ।
२०७४ मा भने जीवन नेपाली कांग्रेसका चुमनारायण तब्बदारसँग पराजित हुनुभएको थियो ।
आचार्य प्रचण्डका छोरी गंगाका श्रीमान हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्